मनकामनामाईले हामी सबैको मनोकाक्षा पूरा गरुन्, पढ्नुहोस् तपाईको साप्ताहिक राशीफल — OSNepal

मनकामनामाईले हामी सबैको मनोकाक्षा पूरा गरुन्, पढ्नुहोस् तपाईको साप्ताहिक राशीफल

LC (KTM) January 07, 2022 0

मेषः–रविवारको समय थोरै अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा आफ्नो भूमिकाको खोजी हुनेछ । इच्छाशक्ति बढ्नेछ । सोमबार र मंगलबार समयले साथ दिने छैन । अनावस्यक खर्च बढ्नेछ । घर परिवारमा समस्या पर्न सक्छ । आलोचना सहनु पर्ला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न । राम्रो वोल्दा उल्टो अर्थ लगानउने छन् । शेष दिन भने विस्तारै अनुकुल बन्दै जाने छन् । गरेका काममा थोरै भए पनि सफलता मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

वृषः– मंगलबार सम्म समय अनुकुल जस्तै देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । अवरुद्ध काम अगाडि बढ्ने छन् । सामाजिक दायित्व बढ्नेछ । उच्च व्यक्तित्वसँग भेट घाट हुनेछ । व्यापार व्यवसायमा नयाँ नयाँ सम्भावना देखिने छन् । हेलचक्र¥याई नगरि काम गर्नु होला हरेक क्षेत्रमा सफलता मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । शेष दिन भने प्रतिकुल रहलान । पारिवारिक खर्चमा वृद्धि हुनेछ । काममा अवरोध आउनेछ । विश्वास गरेकाले धोका दिने छन् । मनमा शान्ति मिल्ने छैन ।

मिथुनः–रविबार सभा सम्मेलन भोज भतेरमा सहभागि हुने अवसर मिल्न सक्छ । सोमबार र मंगलबार आर्थिक चलखेल बढि हुनसक्छ सतर्क रहनु होला । आफन्तले राम्रो कुरा गर्दा नराम्रो सुन्ने छन् । बुधबार र विहिबार साता कै अनुकुल दिन रहने छन । काम गर्ने जोश जागर बढ्नेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । नयाँ कार्यरम्भ नहोला भन्न सकिन्न । इज्जत प्रतिष्ठा बढ्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट प्रशस्त धन आउनेछ । शुक्रबार र शनिबार समस्या बढ्ने देखिन्छ । ऋण लगानी गर्दा सोच विचार गर्नु होला । व्ययभार बढ्न सक्छ ।

कर्कटः–आइतबार प्रतिकुल देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ । काम काजमा अवरोध आउनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । सुरक्षित यात्रा अप्नाउनु होला । साझेदारी काममा विवाद उत्पन्न हुनेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला । आस्था र विश्वासमा चोट पुग्न सक्छ । सोमबार देखि समयमा सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । नयाँ काम हात पर्न सक्छ । पढाई लेखाईमा सुधार आउनेछ । कल्पनाले सकार रुप लिनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

सिंहः–आईतबार शुभ नै देखिन्छ । काम अनुसारको फल मिल्नेछ । सोमबार र मंगलबार साता कै खराव दिन हुनेछन् । हेलचक्र्याई गरेर काम नगर्नु होला आएको अवसर पनि गुम्नेछ । काम सम्पन्न गर्न धेरै संघर्ष गर्नु पर्नेछ । सहयोगी मन खुम्चिने छन् भने दुष्टहरु अगाडि आउने छन् । बुधबार देखि समयले पुन साथ दिनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग पनि देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । स्वास्थ्यले साथ दिनेछ । आफन्तबाट सहयोग मिल्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । पढाईमा प्रगति हुनेछ ।

कन्याः–मंगलबार सम्म समय सामान्य अनुकुल देखिन्छ । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । बुधबार र विहिबार भने खराव देखिन्छ । हासिल उपलब्धि गुम्न सक्छ सतर्क रहनु होला । लगानी डुब्न सक्छ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला धोका दिनेछन् । शुक्रबारबाट समयले पुन साथ दिनेछ । प्रयत्न गरेमा नयाँ कामको अवसर आउनेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । उधारो रकम उठ्नेछ ।

तुलाः– विहिबार सम्म समय अनुकुल रहनेछ । साना तिना समस्या आए पनि काम गर्दै जादा समाधान भएर जाने छन् । पुराना समस्या सल्टिने छन् । सामाजिक उत्तर दायित्व बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । सहयोगी मित्र भेटिने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साताको अन्त्यतिर भने केहि अप्ठ्राहरु पार गर्नु पर्नेछ । समस्या बढ्ने छन् । काम काजमा विलम्ब हुनेछ । विरोधीको सामना गर्नु पर्नेछ । लगानीको सुनिश्चितता हुने छैन । शरीरिक शिथिलता बढ्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । व्यापारमा घाटा हुनेछ ।

वृश्चिकः–आइतबार साता कै खराव दिन हुनेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर हुनेछ । सोमबार बाट समयमा विस्तारै सुधार आउनेछ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । यात्राको सम्भावना देखिन्छ । बुधबार देखि भने समयले पूर्ण साथ दिनेछ । उपलब्धि पूर्ण दीर्घकालिन असर पुग्ने खालका काम हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । विरोधीहरु कमजोर हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । उच्च व्यक्तित्वसँग भेटघाट हुनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

धनुः– रविबार केहि काम हुने छन् । पारिवारिक सुख पनि मिल्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट थोरै आम्दानी बढ्नेछ । सोमबार र मंगलबार खराव देखिन्छ । लेनदेन कारोवारमा ध्यान दिनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । मानसिक तनाव बढ्नेछ । बुधबार देखि समयमा विस्तारै सुधार आउनेछ । रोकिएका कार्य योजना अगाडि बढ्ने छन् । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । प्रयत्न गर्दा नयाँ कामको अवसर मिल्नेछ ।

मकरः– आइतबार काममा बढि खटिनु पर्नेछ । सामान्य प्रयासबाट केहि हुने छैन । सोमबार र मंगलबार लगनशिल भई काम गर्न सके केहि उपलब्धि हात लाग्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । बुधबार र विहिबार भने समयले साथ दिने छैन । खर्च वृद्धि हुदा आर्थिक संकट पर्नेछ । कुरा धेरै काम कम हुनेछन् । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । शुक्रबारबाट भने समय विस्तारै अनुकुल हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । धार्मिक कार्यक्रममा भाग लिने अवसर मिल्नेछ ।

कुम्भः– आइतबार अलमल बढि हुनेछ । कामले गति लिने छैन । सोमबार र मंगलबार बढि संघर्ष गर्नु पर्नेछ । सामान्य प्रयासबाट काम बन्ने छैनन । विरोधीको बक्रदृष्टि पर्नेछ । बुधबार र विहिबार साता कै राम्रो दिन हुनेछन् । समयको सदुपयोग गरेर काम गर्नु होला । विगतमा गर्न नसकेका काम हुनेछन् । कार्य क्षमता बढ्नेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । व्यापारबाट सोचे भन्दा राम्रो आम्दनी हुनेछ । उच्च व्यक्तित्व सँगको भेटले उर्जा मिल्नेछ । शुक्रबारबाट समय प्रतिकुल बन्नेछ । दुःख,कष्ट हैरानी बढि होला ।

मिनः– साताको प्रारम्भमा समस्या सँग निकै खेल्नु पर्नेछ । कार्य क्षमतामा ह्रास आउनेछ । नयाँ क्षेत्रमा लगानी बढाउदा विचार पु¥याउनु होला । घरयासी खर्च ज्यादा हुनेछ । मध्य साताबाट समयले साथ दिनेछ काम गर्न अल्छि नगर्नु होला । संघर्षबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । निर्णय क्षमता बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । लोभ मोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । मित्रबाट सहयोग मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर