काठमाडौबाट हराएका २६ वटा मोटरसाइकल फेला पारी धनीलाई बुझाइयो — OSNepal

काठमाडौबाट हराएका २६ वटा मोटरसाइकल फेला पारी धनीलाई बुझाइयो

LC (KTM) January 07, 2022 0

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा हराएका २६ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखामा आज १७ मोटरसाइकल र ९ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको हो । उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कलङ्की, बसपार्कलगायत स्थानबाट ति मोटरसाइकल हराएको थियो ।

महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना सङ्कलन गरी मोटरसाइकल फेला पारेको हो । चालु आर्थिक वर्ष २०७८÷७९ मा हराएका २२३ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । मोटरसाइकल चोरीमा संलग्न ३२ जनालाई कारबाहीका लागिा सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर