निकै फेरियो बन्दुके डाँडा : खानेपानी नै अभाव हुने ठाउँमा तरकारी र फलफूल खेती थालियो — OSNepal

निकै फेरियो बन्दुके डाँडा : खानेपानी नै अभाव हुने ठाउँमा तरकारी र फलफूल खेती थालियो

LC (KTM) January 07, 2022 0

काठमाडौं । बन्दुके डाँडामा बन्दुक पड्किन छाडेको धेरै भयो । खानेपानी नहुँदा बन्दुक हुने मात्र नभई अरू मानिस नै विस्थापित भएको डाँडाको पहिचान भने अझै पनि बन्दुके डाँडा नै हो तर अब विस्तारै यो डाँडो फेरिँदैछ पोखरी डाँडाका रूपमा । यहाँ अब आधुनिक प्रविधिसहितको तरकारी र फलफूल खेती सुरु भएको छ ।

बाहिरपट्टि काठ र बाँस गाडेर भित्र प्लास्टिक हालेर बनाइएका ठूला तहगत पोखरीले गाउँलेको तरकारी बारी भिजाउने काम गर्छ । पोखरी मूल फुटेर बनाइएको होइन वर्षाको आकासे पानी सङ्कलन गरेर बनाइएका हुन् ।पोखरी बनेपछि खानेपानी लिन झन्डै दुई घन्टा धाउनुपर्ने समस्याका कारण घरबारी छाड्न चाहनेलाई पनि बन्दुके डाँडो नै अब प्यारो लाग्न थालेको छ । त्यति मात्र होइन विभिन्न कारणले डाँडाबाट पाखा लागेका पनि विस्तारै फर्कन थालेका छन् ।

धनकुटा जिल्लाको साबिक कुरुले गाउँ विकास समिति–५ र हाल चौबिसे गाउँपालिका–३, बन्दुके डाँडा अहिले स्थानीय प्रविधिको प्रयोगमा विकासको नमुना बनेको छ ।यस्तो विकासको खाका अमेरिकामा अध्ययन गरेर बन्दुके डाँडाको जैविक विविधता र वनस्पतिको अध्ययन गर्दै स्नातकोत्तर तहको शोधपत्र ९थेसिस० लेख्ने क्रममा एक जना भारतीय नागरिकले सिकाएको पद्धतिको हो ।

भारतीय नागरिक राजीव गोयलले चार वर्षअघि त्यहाँको अवस्थाको अध्ययन गरेपछि अन्तर्राष्ट्रिय सहयोग जुटाएर जङ्गलमा परिणत भएको ३४६ रोपनी जग्गा किनेर सामुदायिक खेती गर्न किसानलाई तालिम दिनुभएको थियो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।अहिले त्यही जग्गामा चारवटा पोखरी बनेका छन् । त्यसैको सिको गरेर स्थानीयले अरू स–साना पोखरी बनाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर