पिसाब फेर्दा करेन्ट लागेर ढलेका बस चालक शम्भुको उपचारका क्रममा निधन — OSNepal

पिसाब फेर्दा करेन्ट लागेर ढलेका बस चालक शम्भुको उपचारका क्रममा निधन

LC (KTM) January 07, 2022 0

ललितपुर, २३ पुस-ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ ।

प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेकाे बा.३ ख. ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो ।

हवल्दार श्रेष्ठका अनुसार करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेकाे थाहा भएकाे थियाे ।

यो पनि : एकसाथ २६ एसएसपीकाे सरुवा, काे-कहाँ पुगे ? : गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)काे एकसाथ सरुवा गरेका छन् ।

जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए ।

चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुगेका छन् । भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर