२५ जना सवार सडक दुर्घटनामा ६ जनाको मृत्यु,१७ घाइते,तीन जनाको अवस्था गम्भीर — OSNepal

२५ जना सवार सडक दुर्घटनामा ६ जनाको मृत्यु,१७ घाइते,तीन जनाको अवस्था गम्भीर

LC (KTM) January 07, 2022 0

एजेन्सी- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाको साथै महिला र बालबालिकासहित १७ जना घाइते भएका छन् ।

उक्त घटना प्रान्तको खुजदार जिल्लाको राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको ट्रेलरलाई भ्यानले ठक्कर दिँदा भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ।

उक्त भ्यानमा २५ जनाभन्दा बढी मानिस सवार थिए । प्रहरीका अनुसार उनीहरू नातेदारको विवाहमा सहभागी हुन जाँदै थिए । घाइते र शवहरूलाई नजिकैको अस्पतालमा लगिएको । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर