नेपाल प्रहरीका २६ जना एसएसपीको एकै पटक सरुवा (कसकाे कहाँ ?) — OSNepal

नेपाल प्रहरीका २६ जना एसएसपीको एकै पटक सरुवा (कसकाे कहाँ ?)

LC (KTM) January 07, 2022 0

काठमाडौं- नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो ।

एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाको प्रमुख फेरिएका छन् । ट्राफिक महाशाखामा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशी र अपराध महाशाखामा प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरलाई सरुवा गरिएको हो ।

यसअघि ट्राफिक महाशाखामा कार्यरत जनक भट्टराईलाई नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देही र अपराध महाशाखामा कार्यरत चन्द्रकुवेर खापुङलाई अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी प्रधान कार्यालय महिला तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भीमप्रसाद ढकालको सरुवा गरिएको छ । विमानस्थलमा कार्यरत राजेशनाथ बाँस्तोलालाई भने प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै प्रदेश कार्यालय, तालिम केन्द्रमा कार्यरत एसएसपीको पनि सरुवा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर