विराटनगरको रानी भन्सार नजिक रहेको मिरगञ्ज पुल भाँसियो — OSNepal

विराटनगरको रानी भन्सार नजिक रहेको मिरगञ्ज पुल भाँसियो

LC (KTM) January 07, 2022 0

विराटनगर २३ पौष । दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात काम ठप्प भएको छ । विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर पर्ने उक्त मिरगञ्जमा पुल भाँसिएपछि बिहिबारबाटनै ठूला मालबाहक सवारी साधन रोकिएको भारतीय पक्षले जनाएको छ ।

जिर्ण अवस्थामा रहेका उक्त पुल भाँसिदा आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जानकारी दिएको छ ।

पुल भासिएपछि भारतीय पक्षले सवारी साधनमा रोम लगाएपछि विरगञ्ज आउने सबै सवारी साधन पुल पारी नै रोकिएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दिएको जानकारी अनुसार पुलको विषयमा अध्ययन टोली पठाइएको बताइएको छ । यसको लागि अब वैकल्पिक बाटो खोजिने समेत बताएका छन् ।

हाल मीरगञ्जको पुरानो पुल नजिकै चार लेन सडकलाई जोड्ने पक्की पुल निमार्णको अन्तिम चरणमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर