नयाँ बानेश्वर स्थित एनआईसी एसिया बैंकबाट १६ लाख रुपैयाँ लुटपाट — OSNepal

नयाँ बानेश्वर स्थित एनआईसी एसिया बैंकबाट १६ लाख रुपैयाँ लुटपाट

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । बैंक लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वर स्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा १६ लाख रुपैयाँ लुटपाट भएको पाइएपछि ती चार जना पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी वृतले दिएको जानकारी अनुसार हाल पक्राउ परेका चारै जनाको नाम सार्वजनिक गरिएको छैन ।

गत पौष १८ गते बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि निजहरुको खोजी भइरहेको थियो ।

घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर