कथावस्तु समेटिएको सर्टमुभि ‘मेनपावर’ सार्वजनिक — OSNepal

कथावस्तु समेटिएको सर्टमुभि ‘मेनपावर’ सार्वजनिक

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पुस । आफ्नो देशमा कुनै सम्भावना नदेखेपछि रोजगारको लागि विदेश प्रति आकर्षित बनेको ब्यरोजगार युवा जमातलाई बिभिन्न देशमा पठाइदिन्छु भन्दै मोटो रकम कुम्लाउने देखि चाहेको देशमा पठाउने आश्वासन दिंदै सारिरिक शोषणसम्म हुने गरेको कथावस्तु समेटिएको सर्टमुभि ‘मेनपावर’ ओएसआर डिजिटमको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

मार्मिक र चेतनामुक ‘मेनपावर’ मा अहिलेकी चर्चित मोडल साक्षी लम्साल र शुसिल पोखरेलको मुख्य भुमिका रहेको छ भने साथमा बीरेन्द्र प्रेमसी, रमेश मोन्रे, पुष्पा अवस्थी, सुजन पोखरेल, राजकमल खरेल, रोशनी श्याङ्गे लगायतका कलाकारको अभिनय रहेको छ । यसका निर्देशक उत्तम सञ्जेल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर