नेपाली र हिन्दी भाषामा ‘परस्त्री’ फिल्म बनाउँदै दीपेन्द्र खनाल — OSNepal

नेपाली र हिन्दी भाषामा ‘परस्त्री’ फिल्म बनाउँदै दीपेन्द्र खनाल

LC (KTM) January 07, 2022 0

काठमाडौं, २३ पुस-हिन्दी र नेपाली भाषामा निर्माण हुने फिल्म ‘परस्त्री’को घोषणा गरिएको छ । निर्देशक दीपेन्द्र के खनालको लेखन रहने फिल्ममा अभिनेता सुरज पाण्डेयको निर्देशन रहनेछ ।फिल्म ‘लभ लभ लभ’बाट अभिनयमा पाइला चालेका सुरजको यो ‘डेब्यू’ निर्देशन हुनेछ ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्ममा शर्मिला पाण्डेको लगानी रहनेछ । फिल्ममा अभिनेता तथा गायक कोशिस क्षेत्रीको प्रमुख भूमिकामा अभिनय रहनेछ । बाँकी अन्य कलाकार भने अडिसनबाट छानिने निर्माण पक्षले जनाएको छ ।

फिल्म युनिटले २२ देखि २७ वर्ष उमेरका अभिनेता, २२ देखि ३० वर्ष उमेरकी अभिनेत्री र २० देखि २५ वर्ष उमेरका अन्य अभिनेत्री अडिसनमार्फत छनोट गरिने जानकारी दिएको छ । फिल्म फागुनको तेस्रो साताबाट फ्लोरमा जानेछ ।

काठमाडौंमा नै सम्पूर्ण छायांकन हुने फिल्मका लेखक खनालले फिल्मको कथा पूर्णरूपमा नेपाली परिवेशमा तयार पारिएको दाबी गरे । नवनिर्देशक पाण्डेयले आफ्नो पहिलो प्रयासलाई दर्शकले मनपराउने आशा व्यक्त गरे ।निर्देशक खनालले निर्माता पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ आगामी ३० वैशाख २०७९ मा रिलिज हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर