गण्डकी प्रदेशमा सबैखाले महोत्सव बन्द गर्न निर्देशन, आवश्यक परे स्मार्ट लकडाउन हुने — OSNepal

गण्डकी प्रदेशमा सबैखाले महोत्सव बन्द गर्न निर्देशन, आवश्यक परे स्मार्ट लकडाउन हुने

LC (KTM) January 07, 2022 0

गण्डकी २३ पौष । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा भित्रिए सँगै गण्डकी प्रदेशमा त्रास बढेको छ । प्रदेशमा संक्रमण बढ्न नदिन प्रदेशको सीमानाकामा थप कडाईका साथ चेक जाँच गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज शुक्रबार बसेको बैठकले प्रदेशका नाकाहरूमा जाँचलाई तीव्रता दिने स्वास्थ्य संरचनालाई आवश्यक पर्ने थप उपकरणहरुको संकलन गर्ने ,स्वास्थ्य जनशक्तिको व्यवस्थापन तथा अक्सिजन सिलिण्डर जस्ता अत्यावश्यक स्वाथ्य सामग्रीहरुको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

मन्त्री मधु अधिकारी सहितको बैठकमा मन्त्री अधिकारीले सबैखाले महोत्सव बन्द गर्न सम्बन्धित निकायलाई जानकारी दिन सचिव मार्फत निर्देशन दिएकी छन् ।

उनले मानिसको स्वास्थ्य भन्दा ठूलो अरू कुरा नभएको भन्दै तत्काल मेला महोत्सव तुरुन्त रोक्न निर्देशन दिएकी छन् भने आवश्यक परे स्मार्ट लकडाउन सम्म गर्नुपर्ने अवस्था आउने बताएकी छन् ।

मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुर लगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेको बताइएको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सरकारले १-१ हजार बेडको आइसोलेसन निर्माण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर