अष्ट्रेलियामा पृथ्वी-जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली दिवश मनाइदै — OSNepal

अष्ट्रेलियामा पृथ्वी-जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली दिवश मनाइदै

LC (KTM) January 08, 2022 0

नेपाल एकीकरणको युगीन अभिभारा बोकेर विश्वमा एक श्रेष्ठ जातीका रूपमा ‘नेपाली’ पहिचानको अवतरण गराउने नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा यस वर्ष पनि ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाउन लागिएको छ। अष्ट्रेलियामा यतिखेर रहेको कोरोनाको ओमिक्रोन प्रकोपका कारण सरकारले तोकेका कोभिड-१९ मापदण्डको पालना गर्दै सबै राज्यहरूमा ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ कार्यक्रमको तयारी पुरा भईसकेको छ। कोभिड-१९ केशहरूको अवस्था हेरेर राज्य राज्य तथा शहर शहरका कार्यक्रमको विवरणको अपडेट सम्बन्धित राज्य तथा शहरमा रहनुहुने नेपाली माझ पुरयाईने आयोजक समिति बाट जानकारी प्राप्त भएको छ।

‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाउनका लागी जापान, कोरिया, अमेरिका, बेलायत, फ्रान्स लगायतका यूरोपका देशहरू, दुबई कतार, बर्मा, भारत, मलेशिया लगायतका देशमा सक्रियताका साथ लाग्नुभएका नेपाली समुदायका साथीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आयोजक समितिले कार्यक्रमको सफलताको कामना गरिएको जानकारी प्राप्त भएको छ।

अष्ट्रेलियामा नेपाली जनसंख्यासँगै नेपाली पहिचान र एकताका लागी अन्तर्राष्ट्रिय रूपमा नै एक नेपाली समुदायको पहिचानलाई बलियो बनाउने हिसाबले अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउन सुरू गरिएको संयोजन समितीका सदस्य डिलाराम खरेल ले जानकारी दिनु भएको छ। खरेल ले सबै नेपाललाई एकीकृत गर्ने युगनायकका रूपमा रहेका पृथ्वीनारायण शाहको जन्मदिवश पारेर नै विश्वभर रहेका नेपालीलाई एउटै मालामा संगठित हुन र प्रगतीको लक्ष पहिल्याउन सहज बनाउने हाम्रो उदेश्य रहेको भन्दै त्यसका लागी नेपाली युवा उद्यमी बाट पहल पनि सुरू भईरहेको जानकारी दिनु भएको थियो ।

पृथ्वीनारायण शाहको बारेमा गलत न्यारेटिभ स्थापना गर्ने र नेपाली ईतिहासलाई नै दुत्कार्ने दुष्प्रयास नेपालबाट नै बारम्बार हुनुले अन्तर्राष्ट्रिय रूपमा नेपालीलाई कमजोर बनाउन लागिएको संयोजन समितीका सदस्य दीपक पौडेल ले ओएस नेपाल लाइ जानकारी दिनु भएको थियो। पौडेल ले विश्वभर रहेका नेपालीहरूले आफ्नो पहिचान र ईतिहास प्रति गौरव जताउने पुष २७ नै एउटा उत्कृष्ठ तिथी रहेको जानकारी दिनु भएको थियो।

नेपाली जातिय गौरवको दिन पारेर विश्वभर नै मनाउन लागिएको यो दिनको सन्देश नेपाली जहाँ भएपनि र जस्तो अवस्थामा रहेपनि उनीहरूको भावना र मनमा ऐतिहासिक बृहद नेपाल र नेपाली संस्कृति रहेको आयोजक कमिटिमा सदस्य मदनमणि अधिकारी ले ओएस नेपाल सगको कुराकानी मा जानकारी दिनु भएको थियो। अधिकारी ले नेपाली भएको प्रति उनीहरूलाई गर्व छ भनेर प्रदर्शनको अवसर पनि पुष २७ नै हो भन्दै नेपाली संस्कृती, भाषा र धर्म प्रतिको कर्तव्यबोध गरेर विश्वका सबैजसो मुलुकमा पुगेका साथीहरूले यसलाई अगाडी बढाउन सुरू गर्नुभएको छ त्यसका लागी सबैलाई हार्दिक नमन गर्नु भएको छ l

सन् २०११ देखी नै अष्ट्रेलियामा नेपालीहरूले सिड्नी साथै अन्य शहरहरूमा ‘राष्ट्रिय एकता दिवश’ कै रूपमा अन्तर्क्रियात्मक कार्यक्रम गरेर पृथ्वी-जयन्ती मनाउने गरेकोमा गत सन् २०१९ देखी यसलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा भव्य र व्यापक रूपमा मनाउन थालिएको यहाँहरू सबैलाई थाहै छ। त्यसैको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा हामीले ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को स्वरूपमा पृथ्वी-जयन्तीलाई यस वर्ष पनि गौरव, श्रध्दा र नेपाली एकताको त्रिवेणी बनाउने प्रयास गरेका छौ भन्दै नेपाली भएकोमा गर्व गर्ने सबैले गर्व गर्ने कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय रूपमा यसलाई भव्यताका साथ अगाडी बढाउन आयोजक समिति ले सबैलाई अनुरोध गर्दै, अष्ट्रेलियाको ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को राष्ट्रिय कार्यक्रम निम्न-लिखित स्थानमा गर्न लागिएको जानकारी दिदै,  कार्यक्रममा गौरवपूर्ण उपस्थितीको लागी हार्दिक अनुरोध गरिएको छ l

कार्यक्रमको विवरण:
स्थान: Auburn Park, Hutchinson Street, Auburn NSW
मिती: पौष २७, २०७८, Tuesday, 11 January, 2022
समय: बिहान १० बजे देखी ५ बजे सम्म (सिड्नीको समय अनुसार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर