चाँगुनारायणकाे मुहानपाेखरीमा चरा गणना सुरु — OSNepal

चाँगुनारायणकाे मुहानपाेखरीमा चरा गणना सुरु

LC (KTM) January 08, 2022 0

भक्तपुर, २४ पुस – भक्तपुरको चाँगुनारायण नगरपालिकामा चराको गणना सुरु गरिएको छ । नगरपालिका- ६ र ७ को मुहानपोखरी क्षेत्रमा रहेको चराको गणना सुरु गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक कमलराज गोसाइँको नेतृत्वमा चरा गणना सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए । उनका अनुसार चाँगुनारायणको सो क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् ।

अध्ययनमा त्रिवि केन्द्रीय वातावरण विज्ञान विभाग, गोल्डन गेट इन्टरनेशनल कलेज काठमाडौंका स्नाकाेत्तरतह र विद्यावारिधि अध्ययनरत विद्यार्थीका साथै पंक्षी संरक्षण संघका प्रतिनिधि सहभागी छन् ।

चाँंगुनारायणमा सुरु सो गणना काठमाडौं उपत्यकाभरि हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर