नेपालमा नै गुड्यो रेल, लामो समयदेखि थन्किएको रेलको गरियो परीक्षण – OSNepal

नेपालमा नै गुड्यो रेल, लामो समयदेखि थन्किएको रेलको गरियो परीक्षण

Osnepal Admin (KTM) January 08, 2022 0

जनकपुरधाम, २४ पुस – धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ ।

खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए ।

खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताए ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement