एफए कपमा लेस्टरको जित — OSNepal

एफए कपमा लेस्टरको जित

LC (KTM) January 08, 2022 0

लेस्टर सिटीले एफए कपको तेस्रो चरणको खेलमा जित निकालेको छ । राति सम्पन्न खेलमा लेस्टरले वाट्फोर्डलाई एकका बिरुद्ध ४ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।खेलको २५ औं मिनेटमा जेम्स म्याडीसनले गोल गर्दै लेस्टरलाई दुई शुन्यको अग्रता दिलाए ।

२७ औं मिनेटमा पेड्रोले गोल गर्दै वाट्फोर्डलाई दुई एकको स्थितिमा ल्याएका थिए ।खेलको ५४ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई तिन एककोअग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई चार एकको महत्वपुर्ण जित दिलाए ।एफए कप अन्तर्गत नै क्रिस्टल प्यालेसले मिलवाललाई दुई एक गोल अन्तर ले हराएको छ । न्युकासल युनाईटेड भने क्याम्ब्रिज युनाईटेडसँग एक शुन्यले पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर