मुगुका आगलागी पिडित परिवारलाई ८ लाख बढीको सहयोग — OSNepal

मुगुका आगलागी पिडित परिवारलाई ८ लाख बढीको सहयोग

LC (KTM) January 09, 2022 0

नृपेन्द्र बहादुर मल्ल/मुगु-मुगुका आगलागी पिडित परिवारलाई ८ लाख बढीको सहयोग गरिएको छ ।शनिवार दिउसो मनकारी केहि गैर सरकारी सस्थाहरु र व्यक्तिहरुको सहयोगबाट प्राप्त खाद्यन्न तथा अन्य लत्ता कपडाहरु आगलागी पिडितहरुलाई हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण गर्न पिडित परिवारहरु बसेको पाल मै पुगेका ददिराम कुमाई,मनमान बुढा र रजनी भामले आफुहरुले संकलन गरेको सहयोग ८ लाख भन्दा बढी मुल्यको रहेको बताउनु भयो ।आगलागी पिडित ८३ जना परिवारलाई प्रति परिवार ३० केजी चामल,कम्बल र म्याट वितरण गरिएको थियो ।सहयोग सामगी्र पिडित परिवारलाई हस्तान्तरण गर्नुहुदै छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पिडित परिवारलाई जिन्सी र खाद्यन्न भन्दा अब घर निमार्ण कार्यमा सहयोग पुग्ने निमार्ण सामगी्र र नगद सहयोगमा दाता तथा सरकारहरुले ध्यान दिनु पर्ने बताउनु भयो ।

आगलागी पिडित परिवारहरुको सहयोगका लागी दावाछिरिङ्क लामाबाट २० हजार,दावा छिरिङ्ग जिग्मे तोर्चे लामाबाट २० हजार,खारी गाँउका १३ घरबाट २७ हजार,मनमान बुढाबाट २० हजार बराबरको वत्ती र एनसिएनएफ नेपाल,एनसिएफ नेपालको ८ लाख बराबरको कम्बल,चामल र म्याट सहयोग गर्नु भएको समाजसेवी रजनी भामले बताउनु भयो ।
गत कात्तिक २९ गते राती १२ बजे मुगु जिल्ला सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुदा २१ घर जलेर खरानी भएका थिए भने ति घरमा व्यवसाय गदै र भाडामा बस्दै आएकाहरुको पनि व्यापारी तथा घरयसी सामान समेत खरानी हुदा ३५ करोड बढीको क्षती भएको थियो ।आगलागी पिडित परिवारहरु मध्य हाल ८ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालहरुमा र अन्य व्यक्तिहरु बजारमा भाडामा कोठा लिएर बस्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर