OSNepal मंगलबार, माघ ४ २०७८

दीपिकासँग विबाहपछि रणवीर सिंहलाई लाग्यो कडा झड्का, लिँदैछन् यस्तो निर्णय

दीपिकासँग विबाहपछि रणवीर सिंहलाई लाग्यो कडा झड्का, लिँदैछन् यस्तो निर्णय

  • OSNepal
  • आइतबार, पौस २५ २०७८


दीपिकासँग विबाहपछि रणवीर सिंहलाई लाग्यो कडा झड्का, लिँदैछन् यस्तो निर्णय
Reading Time: 2 minutes

काठमाडौं । भारतको ऐतिहासिक १९८३ विश्वक्रप क्रिकेट जितको कथामा आधारित रहेर बनाइएको फिल्म ‘८३’ ले बक्स अफिसमा आशातित व्यापार गर्न सकेन् । फिल्म असफल बनेपछि उनले आगामी दिनमा कुनै पनि बायोपिक फिल्ममा अभिनय नगर्ने निर्णय लिएका छन् ।

अभिनेता रणवीर निकट स्रोतका अनुसार उनलाई कैयौं बायोपिक फिल्मको अफर थिए । जसमा मेघना गुलजारको ‘सेम मानेकशा’ पनि थियो । तर अब यो फिल्ममा विक्की कौशलले अभिनय गर्ने भएका छन् । रणवीरले बायोपिक फिल्ममा चासो नदेखाएपछि विक्कीको हातमा यो फिल्म पुगेको हो ।

उनले फिल्म ‘८३’मा कपिल देवको भूमिका निर्वाह गर्नुअघि सञ्जयलीला भन्सालीको ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ जस्ता फिल्ममा वास्तविक जिन्दगीको भूमिका निर्वाह गरेका थिए । तर अब भने उनले अनिश्चितकालका लागि बायोपिक फिल्मसँग दूरी बढाएका छन् ।

फिल्म ‘८३’ पछि रणवीर ‘जयेशभाई जोरदार’ र करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गर्दैछन् । ‘जयेशभाई जोरदार’मा रणवीर दक्षिण भारतीय अभिनेत्री शालिनी पाण्डेसँग रोमान्स गर्दैछन् । करणको फिल्ममा उनको केमेष्ट्री आलिया भसँग हेर्न पाइनेछ । विबाहपछि आफ्नो फिल्मी करियरमा दीपिका सफल भएता पनि रणवीरलाई भने कडा झड्का लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड