OSNepal आइतबार, माघ ९ २०७८

साउदी राजकुमारी तीन वर्षपछि रिहा

साउदी राजकुमारी तीन वर्षपछि रिहा

  • OSNepal
  • आइतबार, पौस २५ २०७८


साउदी राजकुमारी तीन वर्षपछि रिहा
Reading Time: < 1 minute

रिहयाद, २५ पुस- साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो ।

उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म सरकारले केही जानाकारी दिएको छैन् ।

उनले संबैधानिक सुधार र मानवअधिकारका पक्षमा बारम्बार आवाज उठाएकाले सोही कारण कारागार राखिएको हुन सक्ने केहीले अनुमान गरेका छन् ।

उनको पूर्वयुवराज मोहमदा विन नायफसँगको सम्बन्धका कारण जेल चलान गरिएको हुन सक्ने केहीको अनुमान छ । राजकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि रिहा गरिएको प्राप्त पछिल्लो विवरणमा जनाइएको छ ।

आफ्नो स्वास्थ्यमा थप समस्या देखिएको भन्दै गत अप्रिलमा ५७ वर्षीय बास्माले साउदी राजा सलमान र युवराज मोहमदा विन सलमानसमक्ष रिहाईका लागि अनुरोध गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड