चलचित्र 'पुष्पा' पछि अभिनेत्री रश्मिका मन्दनाको क्रेज बढ्दो — OSNepal

चलचित्र ‘पुष्पा’ पछि अभिनेत्री रश्मिका मन्दनाको क्रेज बढ्दो

LC (KTM) January 09, 2022 0

मुम्बई – पछिल्लो समय अल्लू अर्जुनको चलचित्र पुष्पाले बक्स अफिसमा धमाका मच्चाइरहेको छ। यो चलचित्रको हिन्दी भर्सनले सोमबारसम्म ६५।६९ करोड कमाइसकेको छ। संसारभर अल्लू अर्जुनको चर्चा भइरहँदा अभिनेत्री रश्मिका मन्दनाको क्रेज पनि राम्रै बढेको छ।

पुष्पामा उनले श्रीवालीको भूमिका निर्वाह गरेकी छन्। दक्षिण भारतीय चलचित्रकी लोकप्रिय कलाकार रश्मिकालाई हिन्दी भर्सनको पुष्पाले राम्रै उचाइ दिएको छ। हिन्दी बेल्टका मानिसहरू पनि उनका बारेमा चर्चा गर्न थालेका छन्। पुष्पाबाट अल्लू अर्जुनले मात्र होइन रश्मिकाले पनि राम्रै चर्चा पाएकी छन्। अहिले हिन्दी बेल्टमा रश्मिकाको जीवनशैली, शोख र कमाइका बारेमा पनि चर्चा चल्ने गरेको छ।

रश्मिका दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन्। उनी साउथ फिल्ममा महंगो पारिश्रमिक लिने अभिनेत्री पनि हुन्। रश्मिका सन् २०१६ देखि रंगीन पर्दामा उदाएकी अभिनेत्री हुन्। उनले कन्नड चलचित्र ‘किरिक पार्टी’बाट रंगीन पर्दामा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले अभिनय गरेका सबै चलचित्रले सफलताको शिखर चुमेका छन्।

रश्मिका सामाजिक सञ्जालमा पनि निकै चर्चित छिन्। इन्टाग्राममा उनका २६ मिलियनभन्दा बढी फलोअर्स छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले एउटा चलचित्र खेलेको ३–४ करोड भारु लिने गर्दछिन्। टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार उनको नेटवर्थअन्नपुर्ण पोष्टमा खबर छ । चार सय मिलियन डलर छ। बेंग्लोरको उनको घर सहरका महंगा घरहरूमा गनिने गर्दछ। हालसालै उनले पर्यटकीय नगरी गोवामा नयाँ घर पनि किनेकी थिइन्। यसअघि सन् २०२० मा हैदरवादमा पनि नयाँ घर किनेकी थिइन्।

दक्षिण भारतीय चलचित्रमा रुचाइएकी अभिनेत्री रश्मिका बलिउडमा पनि डेब्यु गर्न लागेकी छन्। उनी सिद्धार्थ मल्होत्राका साथ ‘मिसन मजनु’मा देखिन लागेकी हुन्। यसैगरी अमिताभ बच्चनका साथ ‘गुडबाय’मा पनि देखिने भएकी छन्। पछिल्लो समय बलिउडमा पनि अभिनय गर्न लागेका कारण केही समय अघि मात्रै रश्मिकाले मुम्बईमा नयाँ अपार्टमेन्ट किनेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर