व्यक्तिगत विषयमा दख्खल नदिन ज्याकलिनले दिइन् चेतावनी — OSNepal

व्यक्तिगत विषयमा दख्खल नदिन ज्याकलिनले दिइन् चेतावनी

LC (KTM) January 09, 2022 0

काठमाडौं, २५ पुस-बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यही परिप्रेक्ष्यमा अभिनेत्री ज्याकलिनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै मिडियासँग गोपनीयताको आग्रह गरेकी छन् ।

‘यो मेरा लागि कठिन समय हो । म चाहन्छु कि मेरो व्यक्तिगत विषयमा दखल नदिनु,’ ज्याकलिनले लेखेकी छन् । ज्याकलिन दुई सय करोड रुपैयाँको मनी लन्ड्रिङका विषयमा आफ्नो नाम आएपछि तनावमा छिन् ।

उनले भारतले आफूलाई जबर्जस्त प्रेम र सम्मान दिएको स्मरण गर्दा यो प्रेम र सम्मान मिडियाबाट पनि पाएको उल्लेख गरेकी छन् । ‘मैले तपाईंहरुबाट केही न केही सिकें । म अहिले कठिन अवस्थामा गुज्रिरहेकी छु । म मिडियाका साथीहरूलाई यस्ता तस्बिर सार्वजनिक नगर्न आग्रह गर्दछु, जुन तस्बिर मेरा निजी छन् । आशा छ, मैले चाँडै न्याय पाउनेछु’, उनले लेखेकी छन् ।

ज्याकलिन र सुकेशको सम्बन्ध पहिलेदेखि नै अनुसन्धानको विषय बनेको छ । किनकि अभिनेत्रीले सुकेशबाट कैयौं महँगो उपहार पाएकी छन् । ज्याकलिनले अनुसन्धान अधिकारीहरूसँग सुकेशले आफूलाई जयललिताको परिवारको मानिस रहेको र सन टिभीको मालिक भएका कारण दक्षिण भारतीय फिल्ममा काम गर्न आग्रह गरेको बयान दिएकी थिइन् ।

सुकेशले रेनबेक्सीका पूर्वसंस्थापकलाई जेलबाट बाहिर निकाल्ने प्रलोभन देखाउँदै उनको परिवारबाट दुई सय करोड रुपैंयाँ असुलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर