निर्वाचन आयोगले प्रकाशन गर्यो उम्मेदवारीको नाम सहित चुनाव चिन्ह, माओवादीका उम्मेदवारलाई पर्यो गोलाकारभित्र हँसिया हथौडा — OSNepal

निर्वाचन आयोगले प्रकाशन गर्यो उम्मेदवारीको नाम सहित चुनाव चिन्ह, माओवादीका उम्मेदवारलाई पर्यो गोलाकारभित्र हँसिया हथौडा

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । राष्ट्रिय सभा सदस्य निवार्चनको लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली निर्वाचन आयोगले प्रकाशन गरेको छ ।

आइतबार आयोगले एक विज्ञप्ती जारी गर्दै नामावाली प्रकाशन गर्नुको साथै चुनाव चिन्ह पनि प्रदान गरेको छ ।

२०७८ साल माघ १२ सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका अनुसार आज सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह वितरण गर्ने कार्य सम्पन्न भएको छ,’ आयोगले निकालेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले राष्ट्रिउ सभा सदस्यको उम्मेदवारहरुलाई दल अनुसार फरक चिन्ह प्रदान गरेको छ ।

जसमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा, नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम, राप्रपालाई हलो, जनता समाजवादी पार्टी नेपाललाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न दिइएको छ ।

बिज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर