आफूलाई माता बताउने उमा शाही ठकुरीको झारफुकले गर्दा १४ वर्षीया बालिकाले गुमाइन् अकालमै ज्यान — OSNepal

आफूलाई माता बताउने उमा शाही ठकुरीको झारफुकले गर्दा १४ वर्षीया बालिकाले गुमाइन् अकालमै ज्यान

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । धामी झाक्रीको विश्वास गर्दा एक बालिकाले अकालमै ज्यान गुमाएकी छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ कि १४ वर्षीय बालिकाको ज्यान झारफुकले गर्दा अकालमै गएको हो ।

मृतक बालिकाकी आमाले २२ दिन अघि मात्र आफूलाई माता बताउने उमा शाही ठकुरीकोमा आफ्नी छोरी लिएर गएकी थिइन् ।

काठमाडौंको नागार्जुन-१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा बस्ने माता भनिने ठकुरीको झारफुकमा विश्वास गर्दा ति बालिकाको ज्यान गएको काठमाडौं प्रहरी परिसर जनाएको हो ।

टाउको दुख्ने समस्या लिएर ‘माता’कहाँ पुर्‍याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार नभएपछि ति बालिकालाई शनिबार बिहान मनमोहन अस्पताल पुर्‍याइएको थियो
तर उनलाई चिकित्सकले मृत घोषणा गरिदिए ।

त्यसपछि मृतककी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएपछि प्रहरीले शाहीलाई पक्राउ गरेर अनुशन्धान थालेको छ ।

मृतक बालिकाको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर