OSNepal आइतबार, माघ ९ २०७८

चाकु बनाउन व्यस्त छन् टोखावासी, हेर्नुहोस् यी १५ तस्विरहरु

चाकु बनाउन व्यस्त छन् टोखावासी, हेर्नुहोस् यी १५ तस्विरहरु

  • OSNepal
  • आइतबार, पौस २५ २०७८


चाकु बनाउन व्यस्त छन् टोखावासी, हेर्नुहोस् यी १५ तस्विरहरु
Reading Time: 2 minutes

काठमाडौ, २५ पुस – काठमाडौबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाक्कुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो ।

जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे सन्क्राती नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् । टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उधोग छन।

वर्षको दुई महिना ९मंसिर र पुस० मा ३०० देखि ४०० जनाले रोजगारि पाउने , एउटा उधोगबाट एक लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आमदानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन् ।

एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँ सम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलाेकाे १८० रुपैयाँ पर्न जाने उनी बताउँछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड