क्याङ्सी खोलाको झोलुङ्गे पुल जीर्ण , मर्मत नहुँदा सर्वसाधारण त्यही पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य — OSNepal

क्याङ्सी खोलाको झोलुङ्गे पुल जीर्ण , मर्मत नहुँदा सर्वसाधारण त्यही पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य

LC (KTM) January 10, 2022 0

रुकुमपूर्व- रुकुमपूर्वको भूमे गाउँपालिका–३ मा रहेको क्याङ्सी खोलाको झोलुङ्गे पुल भत्किएर जीर्ण बनेको डेढ वर्ष भयो तर अझै बन्ने सुरसार छैन । पुल मर्मत नहुँदा सर्वसाधारण त्यही पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सरोकारवाला निकायले पुल मर्मत गर्न वास्ता नगरेको स्थानीयवासीको गुनासो छ । गएको वर्षको जेठमा सीमा–झुम्लाबाङ–क्याङ्सी कृषि सडक खण्ड मर्मत गर्ने क्रममा माथिबाट आएको ठूलो ढुङ्गाले झोलुङ्गे पुल भत्काएको थियो ।

झोलुङ्गे पुल भत्किएको लामो समय बितिसक्दा पनि मर्मत हुन नसक्दा सर्वसाधारणले दःुख भोग्नु परेको हो । पुलको एकापट्टिको मुख्य तार र जाली छैन, बीचबीचको भाग चुँडिएको छ तर पनि बाध्य भएर स्थानीयवासी र माध्यमिक विद्यालयमा पढ्न जाने विद्यार्थीले जोखिम मोलेर वारपार गरिरहेका छन् । पुलमा हिँड्ने क्रममा एकपट्टिको जाली नहुँदा खसिने हो कि भने डरडरमै वारपार गर्नुपर्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् । पुल मर्मतका लागि पटक–पटक माग गर्दा पनि पालिका र सडक मर्मत गर्ने क्रममा क्षति पु¥याउने ठेकेदार बेखबर रहेको उनीहरूको गुनासो छ ।

ब्रिटिसको कादुरी संस्थाले झोलुङ्गे पुल निर्माण गरेको थियो । भूमे गाउँपालिका–३ का वडाध्यक्ष दिलमान रोका मगरले आफूले वडाका तर्फबाट पुलमा क्षति पु¥याउने ठेकेदारका साथै गाउँपालिका, जिल्ला समन्वय समिति र सडक पूर्वाधार कार्यालयमा पुल मर्मतका लागि निवेदन दिएको बताउनुभयो । आफ्नो मागलाई वेवास्ता गरिएको उहाँको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर