रुआती अग्रता जोगाउन नसक्दा भिल्लारियलसँग एट्लेटिको रोकियो — OSNepal

रुआती अग्रता जोगाउन नसक्दा भिल्लारियलसँग एट्लेटिको रोकियो

LC (KTM) January 10, 2022 0

काठमाडौं, २६ पुस-सुरुआती अग्रता जोगाउन नसक्दा भ्रमणकारी टोली एट्लेटिको मड्रिड स्पेनिस ला लिगामा भिल्लारियलसँग २-२ को बराबरीमा रोकिएको छ ।आईतबार राति भएको खेलमा १० खेलाडीमा सिमित एट्लेटिको रोकिएसँगै तेस्रो स्थानमा उक्लने मौका गुमायो ।

एन्जल कोरेयाको गोलसँगै एट्लेटिकोले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो । तर २३ औं मिनेटमा पेनाल्टी चुकाएको भिल्लारियलका पौल टोरेसले खेल बराबरीको स्थितिमा ल्याए । ५८ औं मिनेटमा अल्बेर्टाे मोरेनोले गोल गर्दै घरेलु टोली भिल्लारियललाई २–१ को अग्रता बनाए । ६७ औं मिनेटमा एट्लेटिकोको जेफ्री कन्डोग्बियाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको इन्जरी समयका जेफ्रीले रातो कार्ड खाँदा अन्तिम समयमा एट्लेटिको १० खेलाडीमा रह्यो ।बराबरी पछि २० खेलबाट ३३ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ । समान खेलबाट २९ अंक बनाएको भिल्लारियल आठौं स्थानमा छ ।

गय रातिनै भएका अन्य खेलमा ओसासुनाले काडिजलाई २–० ले पराजित गर्दा डिपोर्टिभो अलाभेस एथ्लेटिको क्लबले गोलरहित बराबरी खेलेका छन् ।

यस्तै सेभिल्लाले गेटाफेमाथि १-० को जित निकाल्दै दोस्रो स्थान कायम राख्यो । खेलको २२ औं मिनेटमा राफा मिरले गरेको निर्णायक गोलसँगै सेभिल्ला २० खेलबाट ४४ अंक बनाएर दोस्रो स्थानमा छ । एक खेल बढी खेलको रियल मड्रिड ४९ अंकसहित शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर