श्रीमान् उदीप श्रेष्ठ अभिनेता सलमान खान जस्तै लाग्छ भनेपछि एकाएक ट्रोलको सिकार बनिन् आँचल शर्मा — OSNepal

श्रीमान् उदीप श्रेष्ठ अभिनेता सलमान खान जस्तै लाग्छ भनेपछि एकाएक ट्रोलको सिकार बनिन् आँचल शर्मा

LC (KTM) January 10, 2022 0

काठमाडौं । नायिका आँचल शर्मासञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् । वैवाहिक बन्धनमा बाँधिएलगत्तै एक अन्तर्वार्तामा उनले आफ्ना श्रीमान् उदीप श्रेष्ठ बलिउड अभिनेता सलमान खान जस्तै लाग्ने बताएकी थिइन् । सो अभिव्यक्तिलाई लिएर आँचल ट्रोलको सिकार बनिन् ।

यो केही वर्षअघिको कुरा हो । तर, अहिलेसम्म पनि सलमान र उदिपको तस्बिर जोडेर ट्रोल बनाउने अनि रमाउने जमात हटेको छैन। केही समय अगाडी अभिनेता सलमान खानको जन्मदिन थियो । यही मौका छोपेर धेरैले तस्बिरहरू जोडेर ट्रोल बनाउन पछि परेनन् । आफूलाई ट्रोल बनाइएको विषयमा पनि आँचल पनि रमाउन थालेको देखिन्छ ।राजधानि दैनिकमा खबर छ । अघिल्लो साता तेलगु फिल्म ‘हिटम्यान’को घोषणा कार्यक्रममा सञ्चारकर्मीले आँचललाई यही विषयमा प्रश्न गरे ।

उनले पनि हाँस्दै जवाफ दिइन्, ‘मलाई सलमान खान पहिलेदेखि मन पर्ने हो । उहाँको काम, बडी सबै मनपर्छ । मैले त्यही हिसाबले मेरो श्रीमान मनपर्छ र उहाँजस्तो लाग्छ भनेकी थिएँ । अव राम्रो मान्छेसँग तुलना हुँदा खुसी नै छु ।’

यो पनि पढ्नुहोस् : रिठेडाँडालाई चिनाउन हातेमालो-बागलुङ एउटा समय थियो, जैमिनीको रिठेडाँडामा नागपञ्चमी, बडा दसैँ, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला चल्थे । मानिस रिठेडाँडामा भेला हुन्थे, मेला भर्थे । त्यहाँको भवगती मन्दिरमा विशेष पूजाआजा हुन्थ्यो ।

समय सालमा आएर सुरक्षा जोखिमका कारण रिठेडाँडामा मेला लाग्न छाड्यो । रिठेडाँडाको रौनक पनि विस्तारै हराउँदै गयो । नयाँ पुस्ताले त त्यसको महत्व पनि भुल्न थाले । कुनैताकाको हराभरा र रमझममय रिठेडाँडा निर्जन डाँडामा फेरियो । मन्दिर र चौपारी जीर्ण बने । पोखरी सुक्यो । घाँस र झाडीले रिठेडाँडा घेरियो । त्यसको प्राकृतिक सौन्दर्य मात्रै गुमेन, धार्मिक, सांस्कृतिक पक्ष पनि ओझेलमा प¥यो । गाउँको विकास र पर्यटन बुझेका स्थानीय अगुवालाई भने त्यो कुराले पिरोल्दै गयो ।

उनीहरुले गुमनाम रिठेडाँडाको रौनक फर्काउने सपना देखे । योजना बुने । जनप्रतिनिधिले पनि स्थानीयवासीसँग होस्टेमा हैँसे मिलाए । सबै कस्सिए, पर्यटनबाट रिठेडाँडालाई चिनाउन । जैमिनी नगरपालिका–५ बिनामारेस्थित रिठेडाँडाको मुहार अहिले विस्तारै बदलिँदैछ । विकास निर्माण र पर्यटनका योजनाले नयाँ गन्तव्यस्थलका रुपमा रिठेडाँडा चिनिँदैछ । रिठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापाले रिठेडाँडाको पर्यटकीय विकासमा आफूहरु लागिपरेको बताउनुभयो ।

“रिठेडाँडा पहिलेदेखि नै धार्मिक, सांस्कृतिक महत्व बोकेको ठाउँ हो, प्राकृतिक हिसाबले पनि यो उत्तिकै सौन्दर्ययुक्त छ”, उहाँले भन्नुभयो, “बीचमा मेला, पर्वमा झैझगडा हुन थालेपछि सुरक्षा खतराका कारण यहाँ हुने मेलाको परम्परा बन्द हुन पुगेको हो ।” विसं २०४८ मा सोही ठाउँ नजिकैको जैमिनीघाट मेलामा प्रहरी निरीक्षक ज्ञानेश्वर वैद्यको हत्या भएको थियो । अध्यक्ष थापाले रिठेडाँडामा गत वर्ष उद्यान, पदमार्ग निर्माण, चौपारी संरक्षणलगायतका काम भएको जानकारीदिनुभयो । पर्यटनको काम हुन थालेपछि त्यहाँ रहेको शङ्खेपहाराको चर्चा पनि बाहिरिएको छ ।

त्यस पहरामा रहेका प्वालमा फूक्दा शङ्खको झैँ ध्वनि निस्कने गरेको अध्यक्ष थापाले सुनाउनुभयो । गाउँलेले शङ्खे पहराको नाम सुन्दै आएपनि त्यहाँबाट शङ्खको झैँ आवाज निस्केको थाहा पाएका थिएनन् । शङ्खेपहरा जोड्ने पदमार्ग बनाउने क्रममा स्थानीयवासी रमेश पुनले पहराको प्वालमा फुकेर शङ्खको ध्वनि निकाल्नुभएको थियो ।

त्यसयता शङ्खेपहराले रिठेडाँडामा नयाँ आकर्षण थपेको छ । मानिसले त्यसलाई धार्मिक आस्थासँग जोडेर हेर्न थालेका छन् । त्यहाँ पुग्दा पूजाअर्चना गर्ने, दक्षिणा चढाउने चलन सुरु भएको छ । शङ्खेपहराको मुनिपट्टि देवीदेउताका आकृति छन् ।

रिठेडाँडाबाट शङ्खेपहरा पुग्न व्यवस्थित पदमार्ग बनाउने योजनामा समिति छ । अहिले भएको बाटो साँघुरो छ । भिरालो क्षेत्र भएकाले सुरक्षित पदमार्गको खाँचो छ । शङ्खेपहरासँगै भगवती मन्दिर, ठूलो पोखरी, चौपारी, खेल मैदान आदिलाई पर्यटन पूर्वाधार योजनामा समेटिएको छ ।

त्यहाँ रहेको चौपारीमा १२१ वर्ष पुरानो ढुङ्गाको शिलालेख पनि छ । पोखरीमा रहेको मौलो पनि उति नै पुरानो रहेको स्थानीयवासी बताउँछन् । हिउँदमा सो पोखरी सुक्ने गरेको छ । बाह्रैमास पानी जम्ने बनाउन पोखरी संरक्षणको योजना पनि ल्याइएको छ । पहिले रहेको भगवती मन्दिर जीर्ण बनेपछि नगरपालिका र स्थानीय दाताको सहयोगमा पुनःनिर्माण गरिएको छ ।

चालु आवमा रिठेडाँडाको पर्यटन विकासका लागि पर्यटन मन्त्रालयको नौ लाख र नगरपालिकाको एक लाख बजेट छ । त्यसबाट मचान, पदमार्ग, घेराबार, पोखरी ढलान, उद्यान विस्तारलगायतका काम गरिने भएको छ । “स्रोतसाधनको कमी भएन भने एक÷दुई वर्षभित्रमै घुम्न लायक गन्तव्यका रुपमा रिठेडाँडालाई विकास गर्छौं”, अध्यक्ष थापाले भन्नुभयो ।

गत वर्ष पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले रु चार लाख ३६ हजारको योजना सञ्चालन गरेको थियो । सो बजेटबाट चौपारी संरक्षण, उद्यान निर्माणलगायतका काम भएका थिए । निर्माणका काममा स्थानीयवासीले श्रमदानसमेत गरेका थिए ।

रिठेडाँडाको विकासमा वडा र नगरपालिकाको पनि साझेदारी छ । नगरका पर्यटकीय विकास योजनामा रिठेडाँडा सूचीकृत छ । वडाध्यक्ष गोपालप्रसाद शर्माले पर्यटन पूर्वाधारका काममा स्थानीयवासीसँग हातेमालो गरिएको बताउनुभयो । “पर्यटनमार्फत त्यस क्षेत्रको विकास सम्भव छ भन्ने देखेर नै हामीले लगानी भित्राएका छौँ”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष शर्माले रिठेडाँडालाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने लक्ष्य लिइएको उल्लेख गर्नुभयो । सोही ठाउँमा व्यवस्थित खेल मैदान निर्माणका लागि यही वर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु नौ लाख बजेट छुट्टिएको छ । खेल पर्यटनका लागि त्यो ठाउँ उपयुक्त छ ।

रिठेडाँडाको पूर्वाधार विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारका तर्फबाट गरी चालु आवमा झण्डै २९ लाख बजेट खर्च हुने जनाइएको छ । पर्यटनका माध्यमबाट गाउँलाई चिनाउने र आर्थिक उपार्जन गर्न सकिनेमा स्थानीयवासी ढुक्क छन् । कतै समथर त कतै भिरालो भू–बनोटमा रहेको रिठेडाँडाबाट मनोरम हिमशृङ्खला, पहाड र गाउँबस्तीको अवलोकन गर्न सकिन्छ ।

पर्यटकीय आकर्षण थप्न नजिकै घरबास ९होमस्टे० पनि सञ्चालनको तयारीमा छ । खानेपानी, सरसफाइका योजनामा पनि नगरपालिकाले त्यस क्षेत्रलाई प्राथमिकता दिएको छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ । १३ सय मिटरको उचाइमा अवस्थित रिठेडाँडा सदरमुकाम बागलुङ बजारदेखि २५ किमी दूरीमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर