बलिउड अभिनेता सञ्जय दत्तको उथलपुथलले भरिपूर्ण छ जीवन र संघर्षको कथा, जेलमा समेत यस्तो काम गरेका रहेछन् संजयले — OSNepal

बलिउड अभिनेता सञ्जय दत्तको उथलपुथलले भरिपूर्ण छ जीवन र संघर्षको कथा, जेलमा समेत यस्तो काम गरेका रहेछन् संजयले

LC (KTM) January 10, 2022 0

काठमाडौं, २६ पुस । बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो ।

यसको सुनुर्वाई सन् १९९५ जुन ३० बाट सुरु भएको थियो । यो मामलामा झण्डै १२ वर्ष पछि सन् २००७ मे १८ मा सुनुवाई पुरा भएको थियो । उनी आम्र्स एक्ट अनुसार ६ वर्षको जेल सजायको भागिदार बने ।सञ्जयका लागि जेल बसाई विशेष रह्यो । उनी पाँच वर्ष जेल बसे र राम्रो काम गरेका कारण उनी आठ महिनाअघि नै रिहा भए । जेलमा उनले काम कैदी सरह समय बिताए । उनले जेलमा धेरै थैली बनाएका थिए ।

सञ्जयका अनुसार उनले पुराना पत्रिकाबाट पेपर ब्याग बनाएर जेलमा पैसा कमाउँथे । उनले यसवापत प्रति बोरी २० पैसा पाउँथे । ‘म जेलमा दैनिक ५० देखि सय ब्याग बनाउँथे । मैले जेलमा बस्दा झण्डै पाँच सय रुपैंयाँ कमाएको थिएँ । मैले त्यो सबै पैसा पत्नी मान्यतालाई दिएँ’, सञ्जयले भनेका छन् ।सञ्जय आफ्ना लागि जेलमा कमाएको पाँच सय रुपैंयाँको मूल्य ५ हजार करोड रुपैंयाँ बराबर रहेको बताउँछन् । उनले सन् २०१३ देखि सन् २०१६ सम्म पुणेको यरवदा सेन्ट्रल जेलमा सजाय कटाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर