अभिनेता यशको प्रमुख भूमिका रहेको चलचित्र ‘केजीएफ २’ को प्रदर्शन मिति तोकियो — OSNepal

अभिनेता यशको प्रमुख भूमिका रहेको चलचित्र ‘केजीएफ २’ को प्रदर्शन मिति तोकियो

LC (KTM) January 10, 2022 0

मुम्बई । दक्षिण भारतीय अभिनेता यशको प्रमुख भूमिका रहेको चलचित्र ‘केजीएफ २’ को प्रदर्शन मिति नसर्ने भएको छ । कोरोना कहरका कारण कतिपय चलचित्रको मिति सरे पनि निर्माताले यो चलचित्रको प्रदर्शन मिति नसर्ने बताएका छन् ।

अधिकांश दक्षिण भारतीय र बलिउडका चलचित्रको प्रदर्शन मिति धमाधम स्थगित भइरहेका छन् । तर, ‘केजीएफ २’ को प्रदर्शन भने १४ अप्रिलमै हुने निर्माण पक्षले जनाएको छ । शनिबार यशको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिसमेत उल्लेख गरिएको छ ।

पछिल्लो भारतमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।सौर्य दैनिकमा खबर छ । यस्तोबेला अधिकांश बलिउड र साउथ चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि सरेको छ । ‘केजीएफ’ ले बक्सअफिसमा राम्रो कमाइ गरेपछि यो चलचित्रको प्रतीक्षा विश्वभरका दर्शकले गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर