भित्तेपत्रिका तयारी तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न — OSNepal

भित्तेपत्रिका तयारी तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

LC (KTM) January 10, 2022 0

शुक्रबारबाट सुरु भएकोे भित्तेपत्रिका तयारी तथा आधारभूत पत्रकारिता तालिम आइतबार समपन्न भएको छ । सनराइज सिन्धु मिडियाको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा तालिम भएको हो । कार्यक्रममा मेलम्चीनगरपालिकाका प्रमुख डम्बर अर्यालले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्ता कार्यक्रमले आर्थिकका साथै समय पनि खर्च हुने भएकाले उपलब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख अर्यालले सिर्जनशील कार्यमा लाग्ने विद्यालयलाई नगरले सहयोग उपलब्ध गराउने पनि बताउनुभयो ।
तालिमका प्रशिक्षक एवं रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले भित्तेपत्रिका विद्यालयमा मात्र होइन गाउँमा धेरै मानिस भेला हुने ठाउँमा पनि टाँस्न सकिने साथै गाउँघरका विविध विषयमा समाचार लेख्न सकिने बताउनुभयो ।

तालिमले विद्यालयको गतिविधि, विद्यार्थीको प्रतिभा समेटी विद्यालयमा भित्तेपत्रिका प्रकाशनमा सहज हुने भन्दै सिकेका कुरा विद्यालयमा लागू गर्न सनराइज सिन्धु मिडियाका अध्यक्ष एवं कार्यक्रमका सभापति सागर खड्काले शिक्षक तथा विद्यार्थीहरुमा आग्रह गर्नुभयो । तालिममा मेलम्ची नगरपालिकाका १३ वटा वडाका अगुवा माध्यमिक विद्यालयका दुई विद्यार्थी र एक शिक्षक गरी ३९ जना सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर