हालै पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित — OSNepal

हालै पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको २०७८ पुस २३ गतेको निर्णयले पुस २१ गतेबाट लागू हुनेगरी प्राविधिक प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा नेपाल सरकार सचिवस्तरको २०७८ पुस २५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त निर्णयबाट पदोन्नति भएका ४ जना प्राविधिक प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको हो ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव महानिरीक्षक ई।फणिन्द्र बराल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरु डा। अभिमन्यु श्रेष्ठ तथा डा। बिपिन कुमार श्रेष्ठ र प्राविधिक प्रहरी नायव उपरीक्षक भुलाराज खनाल रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै पदोन्नतिसँगै थपिएको उर्जा, जिम्मेवारी र कर्तव्य परायणतालाई प्रहरी कर्मचारीहरूले थप मजबुत एवं व्यावसायिक बनाई काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभिड(१९ को बढ्दो सङक्रमण लगायतका अन्य चुनौतिको सामना गर्न सुरक्षाको उचित प्रवन्ध गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विगत पाँच महिनामा प्रहरीले गरेका कार्यहरूको समीक्षा गर्दै सो अवधिमा उल्लेख्य प्रगति भएको बताउनुभयो । प्राविधिक काम संगठनका लागि निकै महत्वपूर्ण हुने हुनाले संगठनको मूल्य, मान्यता र मापदण्डको पूर्ण पालना गर्दै पारदर्शी रुपमा काम गर्न प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक ई। फणिन्द्र बरालले पदोनन्तिसँगै थपिएको जिम्मेवारी पूरा गर्न परिस्कृत र पारदर्शी ढंगले निष्ठाका साथ उत्कृष्ठ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर