बलिउड अभिनेता सोनू सूदकी बहिनी कांग्रेसमा प्रबेश, सोनू समेतको उपस्थितीमा भएको थियो यस्तो गोप्य सहमती — OSNepal

बलिउड अभिनेता सोनू सूदकी बहिनी कांग्रेसमा प्रबेश, सोनू समेतको उपस्थितीमा भएको थियो यस्तो गोप्य सहमती

LC (KTM) January 10, 2022 0

बलिउड अभिनेता सोनु सूद भारतका वास्तविक नायक हुन् । उनले कोरोनाको समयमा मानिसहरूलाई जसरी सहयोग गरे त्यो भुल्न सकिँदैन। सोनुले देशवासीको मनमा स्थान बनाएका छन् र सम्मान पनि कमाएका छन् । अहिले सोनू सुदकी बहिनी पनि एउटा मुख्य कारणले चर्चामा छिन् ।

सोनू सुदले आफूलाई कुनै पार्टी विशेषको ठान्दैनन् तर उनकी बहिनीले कांग्रेस प्रवेश गर्ने निर्णय गरेकी छन् ।पछिल्लो रिपोर्ट अनुसार सोनु सूद पनि यस अवसरमा उपस्थित भएका थिए। कांग्रेस नेता नवजोत सिंह सिद्धु सोनूको घरमा पुगे र मालविका नवजोतको उपस्थितिमा कांग्रेसमा सामेल भए। यस क्रममा पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चान्नी पनि उपस्थित थिए ।

मालविकाले हरेक राजनीतिक दलबाट टिकट पाएकी थिइन् तर उनले कांग्रेसमा जाने निर्णय गरेकी हुन् । यो मालभिकाको राजनीतिक करियरको सुरुवात हो र कांग्रेस उनको पहिलो पार्टी समेत रहेको छ । हालै सोनू सूदलाई पञ्जाबको स्टेट आइकन पदबाट हटाइयो। सन् २०२० मा उनलाई यो सम्मान प्रदान गरिएको हो ।

त्यसयता धेरै अड्कलबाजी सुरु भएको छ । एकाएक किन यस्तो भयो भनेर मानिसहरूले बुझ्न सकेका छैनन् । तर पछि सोनु सुदकी बहिनी कांग्रेसबाट चुनाव लड्ने कारण बाहिर आएको थियो । जसका कारण जनतामा पारदर्शिता होस् भनेर सोनु सुद आफैंले यस पदबाट हटाउन निवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर