अभिनेत्री जान्ह्वी कपुरले यस्ता तस्विर शेयर गरेपछि फ्यान भए निरास — OSNepal

अभिनेत्री जान्ह्वी कपुरले यस्ता तस्विर शेयर गरेपछि फ्यान भए निरास

LC (KTM) January 11, 2022 0

छरिएका कपाल……कुनै मेकअप थिएन र मुखमा थर्मोमिटर लगाएर बसेकी बलिउड अभिनेत्री जान्हवीको सेल्फीले फ्यानहरूको मुटुको धड्कन बढाएको छ। जान्हवीको मुखमा थर्मोमिटर देखेर फ्यान जान्हवीलाई ज्वरो आएको हो कि भनेर जान्न उत्सुक छन् । अब जान्हवीलाई ज्वरो छ कि छैन भन्न सकिन्न तर अभिनेत्रीको तस्विर हेर्दा बिरामी जस्तै देखिएको छ ।

जान्हवीले आफ्नो पोस्टमा एक नभई विभिन्न गतिविधिका तस्बिर सेयर गरेकी छिन् । पहिलो तस्बिरमा जान्हवी थर्मोमिटरको साथ नो मेकअप लुकमा देखिएकी छिन् ।एउटा तस्बिरमा उनी बहिनी खुशी कपूरसँग आराम गरिरहेको देख्न सकिन्छ । एउटा तस्बिरमा जान्हवीले पेन्टिङ र कलरको तस्बिर सेयर गरेकी छिन् भने अर्कोमा उपन्यासको तस्बिर ।

जान्हवीका सबै तस्बिरहरू हेरेपछि उनी अहिले घरमै छिन् र यी सबै गतिविधिमा आफ्नो दिन बिताइरहेको स्पष्ट हुन्छ । जान्हवीलाई घरमा थर्मोमिटर लगाएर आराम गरेको देखेर उनका फ्यानहरु निकै त्रसित भएका छन् । फ्यानहरूले कमेन्ट सेक्शनमा जान्हवीलाई के भयो भनेर सोधिरहेका छन् त्यही क्रममा अर्का प्रयोगकर्ताले सोधेका छन् – कोरोना भएको हो जान्वी ?

अर्कोतर्फ जान्हवी कपूरको कामको कुरा गर्दा उनी पहिलो पटक आफ्नो बुवा बोनी कपूरसँग फिल्म मिलीमा काम गरिरहेकी छिन् । बोनीले जान्हवीको लागि भनेर नै नयाँ फिल्म ‘मिली’ निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर