आखिर किन आफ्नै देशका प्रधानमन्त्री मोदीको 'कमेडियन कपिल शर्मा शो' मा उडाइयो खिल्ली — OSNepal

आखिर किन आफ्नै देशका प्रधानमन्त्री मोदीको ‘कमेडियन कपिल शर्मा शो’ मा उडाइयो खिल्ली

LC (KTM) January 11, 2022 0

चर्चित कमेडियन कपिल शर्माले विश्वभरका मानिसलाई मनोरञ्जन दिइरहेका छन् । कपिलले आफ्नो सेन्स अफ ह्युमर र अभिनयले सबैलाई हसाउन बाध्य पार्छन् । तर कपिल शर्माका लागि यो पर्याप्त छैन । त्यसैले उनी पनि आफ्नो स्ट्यान्डअप कमेडी लिएर नेटफ्लिक्समा आउन लागेका छन् । हालै कपिलको नयाँ शो कपिल शर्मा आइ एम नट डन यटको ट्रेलर रिलिज भएको छ ।

जसमा उनी पीएम मोदीको खिल्ली उडाउदै गरेको देखिएका छन् । कपिल शर्मा यसअघि पनि पीएम मोदीको बारेमा गरिएको ट्विटका कारण चर्चामा आएका थिए । अब यो स्ट्यान्डअप कमेडीमा अभिनेताले त्यो कुरा उल्लेख गरेको देखिएको छ । कपिलले भने– ‘अमृतसरमा तीनवटा कुरा निकै चर्चित छन् । पहिलो बाघा सिमाना, दोस्रो स्वर्ण मन्दिर र तेस्रो यी दुई बीचमा उभिएको चोले–कुल्चेवाले ।

राती ८ बजे कसैले आएर छोले–कुल्चा रोकिदिएला कि भन्ने डर सधैं सताउँछ । आउनुहोस् मित्रो भन्नुहोस् । कपिलले यति भन्ना साथ दर्शकहरूले प्रधानमन्त्री मोदी तर्फ इशारा रहेको बुझिहाल्छन् । त्यसपछि ताली बजाउन थाल्छन्।यस क्रममा कपिलले पीएम मोदीको आवाज पनि नक्कल गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर