राष्ट्रपति भण्डारीबाट सिंहदरबार स्थित पृथ्वीनारायणको शालिकमा माल्यार्पण — OSNepal

राष्ट्रपति भण्डारीबाट सिंहदरबार स्थित पृथ्वीनारायणको शालिकमा माल्यार्पण

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । राष्ट्रिपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

आज मंगलबार शाहको ३०० सय औं जन्मजयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडी रहेको शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

आज बिहानै सिंहदरबार पश्चिम गेट अगाडि पुगेकी राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।

शाहको शालिकमा माल्यार्पण गर्न विभिन्न राजनीतिक दल, संघसंस्था र सर्वसाधारणहरुको सहभागिता रहेको छ । अहिले दिउँसो पुर्व राजा ज्ञानेन्द्र शाह पनि सिंहदरबार आउने कार्यक्रम रहेको छ ।

आज देशभर राष्ट्रिय एकता दिवस पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर