नुवाकोटस्थित त्रिशुली अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि आफन्तहरु गरे अस्पताल तोडफोड,इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प — OSNepal

नुवाकोटस्थित त्रिशुली अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि आफन्तहरु गरे अस्पताल तोडफोड,इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प

LC (KTM) January 11, 2022 0

नुवाकोट । २७ पौष । एक सुत्केरीको मृत्यु भएपछि नुवाकोट स्थित त्रिशुली अस्पतालमा तोडफोड भएको छ ।

गएराति विदुर नगरपालिका–७ की २७ वर्षीया एक सुत्केरीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएपछि आक्रोशमा आएका मृतकका आफन्हतहरुले अस्पताल तोडफोड गरेका हुन् ।

सामान्य तरिकाले सुत्केरी भएकी ति महिलाको सुत्केरी पछि अत्याधिक रक्तश्राव भएको महिलालाई निरन्तरको प्रयासका बाबजुद पनि बचाउन नसकिएको अस्पतालका मेसु डाक्टर दीपन्द्र पाण्डे जानकारी दिएका छन् ।

डा पाण्डेले दिएको जानकारी अनुसार करिब २०० जनाको समूहमा जम्मा भएका आफन्तहरु अस्पताल तोडफोड र चिकित्सक, स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।

आफुहरुले लुकेर ज्यान बचाएको बताएका उनले अहिले पनि अवस्थामा सामान्य नभएको बताएका छन् ।

अहिले त्यस अस्पतालको इमर्जेन्सीबाहेकका सेवा ठप्प भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर