उपत्यकामा 'स्मार्ट लकडाउन' ! प्रशासनले जारी गर्यो यस्तो आदेश — OSNepal

उपत्यकामा ‘स्मार्ट लकडाउन’ ! प्रशासनले जारी गर्यो यस्तो आदेश

LC (KTM) January 11, 2022 0

काठमाडौं २९ पौष । काठमाडौं उपत्यकामा आज मात्रै १२ सय भन्दा बढी कोरोना संक्रमितको पुष्टि भएको छ । संक्रमितको संख्या बढेसँगै काठमाडौंमा तिनै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित ​ कडाइ गर्ने निर्णय गरेको छ ।

सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बैठकमा सहभागी ललितपुरका सिडीओले बताएका छन् ।

मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने बैठकले अर्को निणर्य गरेको छ ।

काठमाडौंको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा २५ जना भन्दा बढी भेला हुन नपाउने,सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने राजनीतिक , सामाजिक व्यवसायी गतिविधिहरु सञ्नालन गर्दा अनिवार्य मास्कको प्रयोग गनुपर्ने , भीडभाड हुने भेला , मेला जस्ता कार्यक्रम गर्न
नपाइने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर