कोरोनाको संक्रमण तिब्र , प्रदेश १ मा आज १२५ जनामा कोरोना संक्रमण — OSNepal

कोरोनाको संक्रमण तिब्र , प्रदेश १ मा आज १२५ जनामा कोरोना संक्रमण

LC (KTM) January 11, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण भएको छ । ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, संखुवासभा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ४१, कटहरीमा ३, बेलबारी, कानेपोखरी र केराबारीमा १–१, झापाको मेचीनगरमा ९, विर्तामोडमा ६, हल्दिबारी, शिवसताक्षी, बाहृदशी र भद्रपुरमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा ३, दुहवी, बर्जु, देवानगञ्ज र रामधुनीमा १–१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै स्थानीय तह नखुलेका २, भोजपुरको साल्पासिलिछो, संखुवासभाको सभापोखरी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो । प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ३८७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर