राम्रो गाउँदा गाउँदै ‘भ्वाईस अफ किड्स’बाट बाहिरिएका दर्शिल पन्तले कोचहरुलाई यस्तो भने — OSNepal

राम्रो गाउँदा गाउँदै ‘भ्वाईस अफ किड्स’बाट बाहिरिएका दर्शिल पन्तले कोचहरुलाई यस्तो भने

LC (KTM) January 11, 2022 0

अन्तर्राष्ट्रिय फ्रेन्चाईससहितको रियालीटि शो द भ्वाईस अफ किड्स नेपालको प्रथम सिजनबाट सबैभन्दा बढी रुचाइएकी पेमा लामा बाहिरिएपछि दर्शकले निरा शा पाखेका छन् । पैसाले भोट किन्ने प्रक्रियाले कलाकारको असली प्रतिभा छाँयामा पारेको भन्दै उनका शुभचिन्तकहरु यस्तो प्रतिक्रिया दिएका हुन् । पेमाले पछिल्लो समय आफ्नो प्रस्तुतीमार्फत दर्शकको मन जित्दै आएकी थिइन् ।

तर, उत्कृष्ट ८ प्रतिस्पर्धीका लागि शुक्रबार साँझसम्म आएको भोटीङ नतिजाले पेमालाई साथ नदिएपछि उनले अब यो सिजनका लागि स्टेज छाड्नु परेको थियो । दर्शक र चारैजना कोचहरुको समेत मन जितेकी पेमा बाहीरिएपछि अबदेखि पैसा खर्च गरेर भोट किन्ने प्रतिस्पर्धाबाट प्रतिभा छान्ने काम गर्न नहुने सामाजिक सञ्जालभर आवाज उठ्न थालेको छ ।

सेमी फाईनलको पहिलो दिन पेमासँगै ४ जना बाहीरिएका हुन् । पछिल्लो भोटिङ नतिजा अनुसार टिम मिलन र टिम प्रविशाबाट ४ जना प्रतिस्पर्धी अगाडि राउण्डका लागि छानिएका छन् । जसमध्ये नुमा राई, सुसमी गुरुङ, अनुजा कडेरिया मिन्छुमा राई रहेका छन् ।

यसैबिच दोस्रो एपिसोडबाट बाहिरिएका दर्शिल पन्त मिडियामा आएका छन् । शिशिर भण्डारीसँग कुराकानी गर्दै उनले भ्वाईसको भित्री कुराहरु खोले । कोचहरुको बारेमा यस्तो बताउँदै दर्शिलले अबका दिनहरुमा आफु झनै मेहेनत गर्दै अगाडि बढ्ने बताए । दर्शिलको आवाजले धेरैको मन जितेको थियो । राम्रो गाउँदा गाउँदै पनि आफु बाहिरिएपछि उनले अन्तर्वार्तामा यस्ता कुराहरु बताए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर