मंगलबारबाट १ वर्षकी भइन अनुष्का र विराटकी क्युटि छोरी वामिका ,तर सार्वजनिकगरेका छैनन् फेस — OSNepal

मंगलबारबाट १ वर्षकी भइन अनुष्का र विराटकी क्युटि छोरी वामिका ,तर सार्वजनिकगरेका छैनन् फेस

LC (KTM) January 12, 2022 0

मंगलबार बलिउडकी सुन्दर अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीका लागि सुपर स्पेशल दिन रहेको छ । आखिर मंगलबार अनुष्का र विराटको प्यारी राजकुमारी वामिकाको पहिलो जन्मदिन रहेको छ । राजकुमारी वामिका मंगलबार बाट १ वर्षकी भइन् ।

अनुष्का र विराट बाहेक सानो वामिकाको पहिलो जन्मदिन उनको परिवारका सदस्यहरूका लागि धेरै विशेष रहेको छ । वामिकाको विशेष दिनलाई उनका मामा अर्थात् अनुष्का शर्माका भाइ कर्णेश शर्माले जन्मदिनको मीठो शुभकामना दिएर अझ विशेष बनाएका छन् । कर्णेश शर्माले आफ्नो इन्स्टा स्टोरीमा आफ्नो सानो पुतली वामिकासँग अनुष्का र विराटको धेरै तस्बिरको कोलाज सेयर गरेका छन् ।

तस्बिरको क्याप्सनमा उनले लेखेका छन्( ह्यापी ग्रोइंग अप किडो । उनले आफ्नो पोस्टमा केक, हार्ट र पार्टीका साथ धेरै इमोजीहरू बनाएर वामिकालाई जन्मदिनको शुभकामना दिएका हुन । साथमा उनले धेरै माया पनि दिएका छन् । अनुष्का र विराटको छोरीको जन्म गत वर्ष ११ जनवरीमा भएको थियो । उनीहरुले आफ्नी सानी छोरीको फोटो भने अहिले सम्म अगाडी फेस देखिने गरी सार्वजनिक गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर