ललिता निवास प्रकरणमा पक्राउ परेका सुवेदी दम्पतीलाई सीआईबीले छाडिदियो — OSNepal

ललिता निवास प्रकरणमा पक्राउ परेका सुवेदी दम्पतीलाई सीआईबीले छाडिदियो

LC (KTM) January 12, 2022 0

काठमाडौं २८ पौष । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका सुवेदी दम्पतीलाई छाडिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छाडिएको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले जनाएको छ ।

ललिता निवास प्रकरणमा ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सीआईबीले बुझाए पनि सरकारी वकिल कार्यालयले भने अनुशन्धान अझै नपुगेको भन्दै प्रतिवेदन फर्काइदिएको छ ।

सुवेदी मालपोत कार्यालयमा लेखन्दासको काम गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर