तिब्र गतिको ट्रक नदीमा खस्यो, दुई जनाको मृत्यु, बेपत्ता भएका आठ जनाको खोजी गरिदै — OSNepal

तिब्र गतिको ट्रक नदीमा खस्यो, दुई जनाको मृत्यु, बेपत्ता भएका आठ जनाको खोजी गरिदै

LC (KTM) January 12, 2022 0

इजिप्टमा राजधानी कायरो नजिकै २४ यात्रुसहितको ट्रक नाइल नदीमा खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना अझै बेपत्ता छन्।

दुर्घटना सोमबार साँझ गिजा प्रान्तको मोनशात अल(कानाटर जिल्लाको एउटा गाउँमा भएको थियो। बालबालिकासहित यात्रुहरू काम गरिरहेको खेतबाट फर्कने क्रममा ट्रकमा यात्रा गरेको बुझिएको छ । दुर्घटना हुँदा ट्रक चालकले लाइसेन्स बिनाको डुङ्गामा गाडीलाई नदीको विपरीत किनारमा लैजान खोजेका थिए ।

उद्धारकर्मीहरूले १४ यात्रुहरूलाई बचाएका छन् भने अन्य हराइरहेकाहरूको खोजी गरिरहेका छन्।विज्ञप्तिमा भनिएको छ, ‘लाइसेन्स नभएको डुंगाका चालक र तीन जना कामदारलाई पक्राउ गरिएको छ र डुङ्गा मालिकलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर