OSNepal शनिबार, माघ १५ २०७८

चैत ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै प्रियंका कार्की र दीपिका प्रसाईंअभिनित चलचित्र ‘हेल्लो जिन्दगी’

चैत ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै प्रियंका कार्की र दीपिका प्रसाईंअभिनित चलचित्र ‘हेल्लो जिन्दगी’

  • OSNepal
  • बुधबार, पौस २८ २०७८


चैत ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै  प्रियंका कार्की र दीपिका प्रसाईंअभिनित चलचित्र ‘हेल्लो जिन्दगी’
Reading Time: < 1 minute

काठमाडौं । अभिनेता विक्रम डि जोशी अभिनीत चलचित्र ‘हेल्लो जिन्दगी’ ११ चैतदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई तीव्रता दिन थालेको छ । यसैक्रममा अभिनेता तथा निर्माता जोशीले आफ्ना स्कुले सिद्धार्थ बनस्थली २०४७ का साथीलाई ‘हेल्लो जिन्दगी’ अंकित ‘टोकन अफ लभ’ बाँडेर चलचित्रको प्रचार प्रसार थालनी गरेका छन् ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो चलचित्र बेलायत र नेपालमा छायांकन गरिएको हो ।सौर्य दैनिकमा खबर छ । एभरेष्ट सूर्य बोहराले निर्देशन गरेको यस चलचित्रको निर्मातामा हिराल जोशी र विक्रम डि जोशी रहेका छन् ।

सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको यस चलचित्रको सहनिर्मात्रीमा सविता गुरुङ छन् । चलचित्रमा अभिनेता विक्रम डिसँगै अभिनेत्री प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सनविक्रम राई, एभरेस्ट सूर्य बोहरा, विक्रान्त बस्नेत, सविता गुरुङ, जानकी पन्त, धु्रव दत्त, कुमुद पन्त र सनमकुमार बैरागको अभिनय छ ।

निर्देशक बोहरा र विक्रम डिको कथा रहेको चलचित्रको लाइन प्रोड्युसरमा डि क्रिएटिभ स्टुडियो युके र काम्मा इन्टरटेन्मेन्ट इन्डिया हुन् । निर्माण पक्षका अनुसार केही समयपछि चलचित्रको पहिलो गीत सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड