कोरोना संक्रमणपछि गम्भीर बनेका विवेकशील साझाका नेता उज्वल थापालाई भेन्टिलेटरबाट निकालियो, आफन्त मेडिसिटी अस्पताल जाँर्दै — OSNepal

कोरोना संक्रमणपछि गम्भीर बनेका विवेकशील साझाका नेता उज्वल थापालाई भेन्टिलेटरबाट निकालियो, आफन्त मेडिसिटी अस्पताल जाँर्दै

LC (KTM) June 01, 2021 0

काठमाडौँ । कोरोना संक्रमणपछि गम्भीर बनेका विवेकशील साझाका नेता उज्वल थापालाई अहिले भेन्टीलेटरबाट बाहिर निकालिएको छ । सो पार्टीका नेता हरिष भट्टका अनुसार राजधानीको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

अस्पतालले ‘स्टेटमेन्ट’ जारी गरेपछि मात्रै उनको अवस्थाबारे थाहा लाग्ने बताइएको छ । भेन्टिलेटरबाट निकालिएसँगै परिवारसँगको सल्लाहमा थप के गर्ने भन्ने जानकारी केहीबेरमा आउने नेता हरिष भट्टले बताए ।

कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डीपछि उनलाई मेडीसिटीमा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो । उनको गम्भिर अवस्थामा उपचार भइरहेको बताइए पनि भेन्टिलेटरबाट किन निकालियो भन्ने बारेमा केही खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर