नेकपा एमालेका नेता जीवन श्रेष्ठबाट सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा — OSNepal

नेकपा एमालेका नेता जीवन श्रेष्ठबाट सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा

LC (KTM) January 12, 2022 0

काठमाडौं पौष २८ । नेकपा एमालेका नेता जीवन श्रेष्ठले सक्रिय रानजीतिबाट सन्यास लिएका छन् ।

पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्ने अभियानमा अविच्छिन्न लागिरहेको बताएका उनले आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका हुन् ।

एमालेको आठौं जिल्ला अधिवेशनमा आफुलाई सर्वसम्मत नबनाइदिएपछि अशन्तुष्ट रहेका नेता श्रेष्ठले राजनीतिबाट सन्यास लिएका हुन् ।

उनले भनेका छन्, ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्ने अभियानमा अविच्छिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर