१६ ग्राम लागूऔषध 'खैरो हेरोइन' सहित नेपालगन्जबाट २ जना पक्राउ — OSNepal

१६ ग्राम लागूऔषध ‘खैरो हेरोइन’ सहित नेपालगन्जबाट २ जना पक्राउ

LC (KTM) January 12, 2022 0

बाँके (नेपालगन्ज)-१६ ग्राम लागूऔषध ‘खैरो हेरोइन’ सहित नेपालगन्जबाट २ जना पक्राउ परेका छन । मंगलबार, पुस २७, २०७८ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं- १५ जमुनाहबाट १६ ग्राम लागूऔषध ‘खैरो हेरोइन’ (ब्राउन सुगर)सहित दुइ जनालाई ईलाका प्रहरी कार्यालय जमुनहाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका -१३ बस्ने ३६ वर्षिय अरुण रोक्का मगर र रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं-७ बुटवल बस्ने २२ वर्षिय सिद्धार्थ पाण्डे रहेका छन । ठूलो परिमाणमा १६ ग्राम लागूऔषध ब्राउन सुगर फेला पार्दै पक्राउ गर्न बाँके प्रहरी सफल भएको छ ।

राती करीब १० बजे सिमा नाका बन्द हुने समयमा भारतको रुपैडियाहाबाट नेपाल भित्रिने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका उनिहरुलाई प्रहरीले चेकजाँच गर्दा उक्त परिमाणको १६ ग्राम लागूऔषध खैरो हेरोइन ब्राउनसुगर आफ्नो जेबमा लुकाएको अवस्थामा फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ । उनिहरुलाई अहिले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके लगिएको छ ।

पछिल्लो समय लागूऔषधको बढ्दो प्रयोग र ओसारपसारलाई नियन्त्रण गर्न बाँके प्रहरीले सकृयता देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर