OSNepal मंगलबार, माघ ११ २०७८

एमाले जिल्ला अधिवेशन : बाजुरामा दोस्रो कार्यकालका लागि कालीबहादुर शाही सर्वसम्मत चयन

एमाले जिल्ला अधिवेशन : बाजुरामा दोस्रो कार्यकालका लागि कालीबहादुर शाही सर्वसम्मत चयन

  • OSNepal
  • बुधबार, पौस २८ २०७८


एमाले    जिल्ला अधिवेशन : बाजुरामा  दोस्रो कार्यकालका लागि कालीबहादुर शाही  सर्वसम्मत चयन
Reading Time: < 1 minute

बाजुरा २८ पौष । नेकपा (एमाले) जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् ।

पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको अधिबेशनले शाहीलाई सर्वसहमतमा चयन गरेको एमाले बाजुराले जनाएको छ ।

उनी जगन्नाथ गाउँपालिकाको अध्यक्षसमेत हुन् । यस्तै, अधिवेशनबाट उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहोरा र हरि रोकाया चयन भएका छन् । अध्यक्ष शाहीको नेतृत्वमा ९० जनाको जिल्ला कमिटी गठन भएको छ । अधिवेशन २७ पुसमा सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड