फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट भएपछि नायिका रश्मिकाले देखाउन थालिन् पारा ? — OSNepal

फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट भएपछि नायिका रश्मिकाले देखाउन थालिन् पारा ?

LC (KTM) January 12, 2022 0

फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट भएपछि नायिका रश्मिकाले देखाउन थालिन् पारा ? के घमण्डी बनेकी हुन् रश्मिका

काठमाडौं, २६ पुस । अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म साबित भइसकेको छ । फिल्मले बक्स अफिसमा पैसा संकलनको काम जारी राखेको छ । पेन इन्डियाको फिल्मलाई भारतभर रुचाइएको छ ।

दर्शकहरू अल्लूको अभिनयबाट जति फिदा भएका छन्, अभिनेत्री रश्मिकाको प्रस्तुतिबाट उत्तिकै मोहित छन् । सुकुमार निर्देशित फिल्मको दोस्रो संस्करणका निर्माणका लागि निर्माताहरू जुटिसकेका छन् ।
निर्माताहरूले फिल्मको सिक्वेलको रूपमा ‘पुष्पाः द रुल’ बनाउँदैछन् ।

समाचारअनुसार फिल्मको सिक्वेलका लागि रश्मिकाले आफ्नो पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पाः द राइज’मा दुई करोड पारिश्रमिक लिएकी थिइन् । अब उनी यो पारिश्रमिकमा एक करोड बढाएर तीन करोड लिँदैछिन् । निर्माताहरू पनि उनको निर्णयमा सहमत छन् । रश्मिकाको फिल्मी करियर यो पारिश्रमिक अहिलेसम्मकै सर्वाधिक बढी हो ।

सिक्वेलको आगामी फेब्रुअरीमा सुटिङ सुरु हुँदैछ । फिल्म सन् २०२२ को अन्त्यसम्ममा रिलिज हुनेछ । कामको कुरा गर्दा रश्मिका चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । उनी सिद्धार्थ मल्होत्राका साथ फिल्म ‘मिसन मजनू’मा देखिँदैछिन् । यसबाहेक उनी बलिउड फिल्म ‘गुडबाय’को हिस्सा पनि हुँदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर