OSNepal सोमबार, माघ ३ २०७८

नारायणहिटि ठेक्का प्रकरण : भेषनारायण दाहालमाथि कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई पत्रचार

नारायणहिटि ठेक्का प्रकरण : भेषनारायण दाहालमाथि कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई पत्रचार

  • OSNepal
  • बुधबार, पौस २८ २०७८


नारायणहिटि   ठेक्का  प्रकरण  :  भेषनारायण दाहालमाथि  कारबाही गर्न अख्तियार  र  नेपाल प्रहरीलाई   पत्रचार
Reading Time: < 1 minute

काठमाडौं २८ पौष । नारायणहिटि ठेक्का प्रकरणमा तानिएका भेषनारायण दाहालमाथि छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलेअख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई पत्रचार गरेको छ ।

दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानविन गरी कारबाही गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले बनाएपछि गत मंगलबार दाहालले राजीनामा दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड