प्रदेश १ मा आज २७२ जनामा कोरोना संक्रमण ,बिराटनगरमा मात्रै ११९ जना संक्रमित — OSNepal

प्रदेश १ मा आज २७२ जनामा कोरोना संक्रमण ,बिराटनगरमा मात्रै ११९ जना संक्रमित

LC (KTM) January 12, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११९, बुढीगंगामा १३, सुनबर्षी र बेलबारीमा ३–३, उर्लाबारी र सुनबर्षीमा २–२, कटहरी, धनपालथान र रतुवामाईमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा ५, रामधुनीमा २, बर्जु र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३, झापाको मेचीनगरमा २०, विर्तामोडमा ५, भद्रपुर र कनकाईमा २–२, अर्जुनधारा र दमकमा १–१, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर