सिंहदरबार प्रवेश गर्ने स्थायी तथा अस्थायी पास खारेज — OSNepal

सिंहदरबार प्रवेश गर्ने स्थायी तथा अस्थायी पास खारेज

LC (KTM) January 12, 2022 0

काठमाडौं २८ पौष । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमलाई ध्यान दिँदै गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

मन्त्रालयले सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज समेत खारेज गरेको छ ।

गृहमन्त्रालयले एक सुचना जारी गर्दै यसको जानकारी गराएको हो । सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा भने यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइने सुचनामा उल्लेख गरिएको छ ।

साथै पत्रकारहरुको लागि भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउने भएका छन् ।

गृह मन्त्रालयले जारी गरेको सुचना यस्तो छ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर